२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमडीबीद्वारा बहुप्रतिक्षित फिल्मको सूची सार्वजनिक, पहिलो नम्बरमा शाहरुखको ‘जवान’



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ यस समरको सबैभन्दा प्रतिक्षित फिल्म हो ।

आईएमडीबीले २०२३ को पहिलो ६ महिनामा रिलिज हुने बहुप्रतिक्षित चलचित्रको सूची सार्वजनिक गरेको छ । यस लिस्टमा शाहरुख खानको फिल्म जवान पहिलो स्थानमा परेको छ ।

पठानको सफलतापछि शाहरुखको फिल्मलाई लिएर फरक क्रेज देखिने गरेको पाइएको छ ।

यसपछि, सूचीमा क्रमशः रणवीर कपूरको एनिमल, प्रभासको आदिपुरुष, सन्नी देवलको गदर २, बेल्लमकोंडा साई श्रीनिवासको छत्रपति, अजय देवगनको मैदान, सिद्धार्थ मल्होत्राको योद्धा, रणवीर सिंह–आलिया भट्टको रकी और रानीकी प्रेम कथा, प्रशान्त वर्माको हनुमान र नागा चैतन्यको कस्टडी समावेश छ ।