• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ ।

समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गर्नुभयो ।

वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उहाँले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जनाउनुभएको छ ।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको जनाउँदै उहाँले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन सरकार कटिबद्ध रहेको बताउनुभयो ।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुको सामुन्ने रहेको उहाँको भनाइ छ । प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि उहाँले जनाउनुभएको छ । रासस