२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको साउथह्याम्प्टनसँग शीर्षस्थानको आर्सनलले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले आफ्नै घरेलु मैदान इमिरेट्स स्टेडियममा साउथह्याम्प्टनसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

साउथह्याम्प्टनका लागि कार्लोस अल्काराज, थिओ वाल्कट र डुजे कलिटा सारले एक–एक गोल गरे । आर्सनलका गाब्रियल मार्टिनेली। मार्टिन ओडेगार्ड र बुकायो साकाले एक–एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै आर्सनलले गोल खान पुग्यो । गोलकिपर आरोज राम्सडेलको गल्तीले आर्सनलले पहिलो गोल खाएको हो । उनले दिएको पासलाई साउथह्याम्प्टनका अल्काराजले गोलमा परिणत गरे । यस्तै, १४ औं मिनेटमा वाल्कटले गोल गर्दै साउथह्याम्प्टनलाई २–० ले अघि बढाए ।

२० औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ६६ औं मिनेटमा डुजेले हेडरमार्फत गोल गर्दै साउथह्याम्प्टनलाई ३–१ को स्थितीमा लगे । ८८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–२ को स्थितीमा ल्याए । यस्तै, ९० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई ३–३ मा ल्याउँदै हारबाट जोगाए ।

आर्सनलको यो लगातार तेस्रो बराबरी हो । यसअघि आर्सनलले लिभरपुल र वेस्टहाम युनाइटेडसँग बराबरी खेलेको थियो । लगातार बराबरीको नतिजासँगै आर्सनलको उपाधि होडमा धक्का पुगेको छ ।

शीर्षस्थानको आर्सनलको ३२ खेलबाट ७५ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले ७० अंकका साथ उसलाई पछ्याइरहेको छ । सिटीसँग २ खेल बाँकी छ । आगामी हप्ता आर्सनल र म्यान्चेस्टर सिटी भिड्दैछन् । साउथह्याम्प्टन भने ३२ खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा छ ।