५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उहाँको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँको प्रेस संयोजन गरिरहनुभएका सोम राईले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको हो ।

उहाँको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । रासस