• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी

युवकको हत्या गर्ने दुई पक्राउ



सांकेतिक तस्बिर

कलैया । युवकको हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोसनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो ।

विसं २०७९ मङ्सिर २७ गते राति अन्दाजी ९ बजेको समयमा विश्रामपुर गाउँपालिका–५ इट्याही टोलस्थित दरबार कोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा जितपुर सिमरा उपमहानगरपालिका–८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भनिने महेश साहको हत्या गरेर शव लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार हिरादेवी र मृतक महेश कोठामा सँगै बस्ने गरेको भए पनि महेश र हिरादेवीबीच विवाह गर्ने कुरा भएको तर हिरादेवीको पहिला नै विवाह भई छोरीसमेत भएको हुँदा महेशको घर परिवारका मानिसले विवाह गर्न मानेका थिएनन् ।

गत मङ्सिर २७ गते राति हिरादेवी र महेशलाई हिरादेवीका श्रीमान् कैलाशले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतकसँग विवाद भई निजहरुले तारले घाँटीमा कसी कर्तव्य गरी मारी शव लुकाउने उद्देश्यले परालको भुसमा लुकाइराखेर भागेको प्रहरीले जनाएको छ ।

भाग्ने क्रममा भारतको बिहारदेखि दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकामा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहेकामा यही वैशाख ६ गते नेपाल र भारतको सीमाना नजिकबाट प्रतिवादी कैलाश र हिरादेवीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस