१५ भाद्र २०८३, सोमबार
,
Latest
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवकको हत्या गर्ने दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

कलैया । युवकको हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोसनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो ।

विसं २०७९ मङ्सिर २७ गते राति अन्दाजी ९ बजेको समयमा विश्रामपुर गाउँपालिका–५ इट्याही टोलस्थित दरबार कोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा जितपुर सिमरा उपमहानगरपालिका–८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भनिने महेश साहको हत्या गरेर शव लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार हिरादेवी र मृतक महेश कोठामा सँगै बस्ने गरेको भए पनि महेश र हिरादेवीबीच विवाह गर्ने कुरा भएको तर हिरादेवीको पहिला नै विवाह भई छोरीसमेत भएको हुँदा महेशको घर परिवारका मानिसले विवाह गर्न मानेका थिएनन् ।

गत मङ्सिर २७ गते राति हिरादेवी र महेशलाई हिरादेवीका श्रीमान् कैलाशले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतकसँग विवाद भई निजहरुले तारले घाँटीमा कसी कर्तव्य गरी मारी शव लुकाउने उद्देश्यले परालको भुसमा लुकाइराखेर भागेको प्रहरीले जनाएको छ ।

भाग्ने क्रममा भारतको बिहारदेखि दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकामा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहेकामा यही वैशाख ६ गते नेपाल र भारतको सीमाना नजिकबाट प्रतिवादी कैलाश र हिरादेवीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस