२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई पारस खड्काको बधाई



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पिनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो (४२ औं खेल)मा १०० विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खड्काले ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् ।

पारसले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेट्स । वेलडन सन्दीप लामिछाने ।’

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट पार्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाउन सफल रहे ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान थिए । अब, सन्दीप पहिलो स्थानमा रहँदा रासिद खान दोस्रोमा झरेका छन् ।

यस्तै, अस्ट्रेलियाका मिचेल स्टार्क रहेका तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए ।