३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई पारस खड्काको बधाई



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पिनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो (४२ औं खेल)मा १०० विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खड्काले ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् ।

पारसले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेट्स । वेलडन सन्दीप लामिछाने ।’

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट पार्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाउन सफल रहे ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान थिए । अब, सन्दीप पहिलो स्थानमा रहँदा रासिद खान दोस्रोमा झरेका छन् ।

यस्तै, अस्ट्रेलियाका मिचेल स्टार्क रहेका तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए ।