९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टिङसँग बराबरी खेलेपनि युभेटन्ट्स युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । युभेन्ट्स युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगीज क्लब स्पोर्टिङ सीपीसँग १–१ गोलको बराबरी खेलेपनि समग्रमा २–१ को नतिजासहित इटालीयन क्लब युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको नवौ मिनेटमा एड्रीयन राबोइटले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, २० औं मिनेटमा मार्कुस एडवार्डले गोल गर्दै स्पोर्टिङलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन । यसअघि युभेन्ट्सको मैदानमा भएको खेलमा युभेन्ट्स १–० गोलले विजयी बनेको थियो ।