१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टिङसँग बराबरी खेलेपनि युभेटन्ट्स युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । युभेन्ट्स युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगीज क्लब स्पोर्टिङ सीपीसँग १–१ गोलको बराबरी खेलेपनि समग्रमा २–१ को नतिजासहित इटालीयन क्लब युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको नवौ मिनेटमा एड्रीयन राबोइटले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, २० औं मिनेटमा मार्कुस एडवार्डले गोल गर्दै स्पोर्टिङलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन । यसअघि युभेन्ट्सको मैदानमा भएको खेलमा युभेन्ट्स १–० गोलले विजयी बनेको थियो ।