• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

विवादबीच ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’, समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन : सपुत



काठमाडौ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेररहेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् । कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।

यो पनि पढ्नुहोस- सपुतको सकम्बरीस् प्रकाशलाई प्रदीपको पत्र

गीतको सिर्जना र कला पक्षमाथि तर्क/प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गर्नुभएको हो । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिनुभएको छ । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’ लगायत गीत सर्वाधिक चर्चित छन् । बागलुङको धम्जामा जन्मनुभएका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दै हुनुहुन्छ ।

सो चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा आउँदैछ । सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष २०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गर्नुभएको छ ।

यसैबिच गायक सपुतले गित माथी भै रहेक बहसको सामाजिक संञ्जाल मार्फत स्पष्टिकरण दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

सकम्बरी

सात दिनमा करोड़ पटक हेरिएको छ ।

धेरैले गित सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ ।केहिले यसको विषयवस्तुलाई गम्भिर रुपमा मनन गर्नु भएको छ र हामीलाई धन्यबाद दिनु भएको छ । अलिकतिले चाहि यसका केहि कमजोरीहरु औल्याउनु भएको छ । यति धेरै माया, प्रसंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साच्चिकै म्याजिकल छ ।अमुल्य छ ।

सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रसंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईहरु सप्पैलाई एकमुष्ट रुपमा धन्यबाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है।

तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नु भएकाले यो विषयलाई चाहि सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो।।

श्री अध्यक्ष ज्यु !

रात्रिकालीन मनोरन्जन व्यवसायि संघ , काठमाण्डौ ।

पछिल्लो गित “ सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भिर र साझा विषय हो । यो सबै क्षेत्र मा छ ।अझ भनौ विश्वव्यापि छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृति विशेष छ ।

त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो । र कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला ।

यदि रात्रिकालीन मनोरन्जन व्यवसायी (दोहोरी साझ) हुदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुदैन थिए । म सधै ऋणी छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने “ सकम्बरीको “ कथा पनि म संग हुदैनथ्यो । गित र भिडियो लाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म शुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु ।

तपाईहरु रात्रीकालीन मनोरञ्जन व्यवसायलाइ व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहि बाट म जस्तै थुप्रैले आफ्नो जिवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा र नराम्रा पक्ष र प्रवृति छन त्यसमाथी बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबै तिर छ ।

त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने , रोज़गार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भुमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन। त्यसैले यो देशकै समस्या हो ।

खैर, मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ , अपमानजनक महशुस भएको छ सबै संग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफु अग्लिनु छदै छैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन । म पनि यहि समाज र परिवेशको उत्पादन हु ।

मेरो चेतना पनि यहि निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकिर जानिनजानि गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रीकालीन मनोरन्जन व्यवसाय मात्रै होईन देशका सबै क्षेत्रलाई , सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाई हामी सबैको भुमिका उत्तिकै महत्वपुर्ण छ ।

बाकि, म फर्किएपछि दोहोरी साझमा बसेर समिक्षा गरौला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म।। कुनै मिठो भाका छान्दै गर्नु होला । धन्यबाद !
प्रकाश सपुत
अमेरीकाबाट