४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विवादबीच ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’, समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन : सपुत

विवादबीच ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’, समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन : सपुत
अ+ अ-

काठमाडौ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेररहेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् । कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।

यो पनि पढ्नुहोस- सपुतको सकम्बरीस् प्रकाशलाई प्रदीपको पत्र

गीतको सिर्जना र कला पक्षमाथि तर्क/प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गर्नुभएको हो । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिनुभएको छ । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’ लगायत गीत सर्वाधिक चर्चित छन् । बागलुङको धम्जामा जन्मनुभएका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दै हुनुहुन्छ ।

सो चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा आउँदैछ । सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष २०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गर्नुभएको छ ।

यसैबिच गायक सपुतले गित माथी भै रहेक बहसको सामाजिक संञ्जाल मार्फत स्पष्टिकरण दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

सकम्बरी

सात दिनमा करोड़ पटक हेरिएको छ ।

धेरैले गित सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ ।केहिले यसको विषयवस्तुलाई गम्भिर रुपमा मनन गर्नु भएको छ र हामीलाई धन्यबाद दिनु भएको छ । अलिकतिले चाहि यसका केहि कमजोरीहरु औल्याउनु भएको छ । यति धेरै माया, प्रसंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साच्चिकै म्याजिकल छ ।अमुल्य छ ।

सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रसंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईहरु सप्पैलाई एकमुष्ट रुपमा धन्यबाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है।

तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नु भएकाले यो विषयलाई चाहि सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो।।

श्री अध्यक्ष ज्यु !

रात्रिकालीन मनोरन्जन व्यवसायि संघ , काठमाण्डौ ।

पछिल्लो गित “ सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भिर र साझा विषय हो । यो सबै क्षेत्र मा छ ।अझ भनौ विश्वव्यापि छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृति विशेष छ ।

त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो । र कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला ।

यदि रात्रिकालीन मनोरन्जन व्यवसायी (दोहोरी साझ) हुदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुदैन थिए । म सधै ऋणी छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने “ सकम्बरीको “ कथा पनि म संग हुदैनथ्यो । गित र भिडियो लाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म शुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु ।

तपाईहरु रात्रीकालीन मनोरञ्जन व्यवसायलाइ व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहि बाट म जस्तै थुप्रैले आफ्नो जिवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा र नराम्रा पक्ष र प्रवृति छन त्यसमाथी बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबै तिर छ ।

त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने , रोज़गार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भुमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन। त्यसैले यो देशकै समस्या हो ।

खैर, मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ , अपमानजनक महशुस भएको छ सबै संग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफु अग्लिनु छदै छैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन । म पनि यहि समाज र परिवेशको उत्पादन हु ।

मेरो चेतना पनि यहि निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकिर जानिनजानि गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रीकालीन मनोरन्जन व्यवसाय मात्रै होईन देशका सबै क्षेत्रलाई , सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाई हामी सबैको भुमिका उत्तिकै महत्वपुर्ण छ ।

बाकि, म फर्किएपछि दोहोरी साझमा बसेर समिक्षा गरौला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म।। कुनै मिठो भाका छान्दै गर्नु होला । धन्यबाद !
प्रकाश सपुत
अमेरीकाबाट