६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ: प्रकाण्ड



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताउनुभएको छ ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताउनु भयो ।

उहाँले एमसीसी प्रोजेक्ट देशको बिरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताउनु भयो । उहाँले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्नुभयो । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देश असाध्यै संकटपूर्ण घडीमा छ । यतिधेरै संकट देशको जीवनमा कहिल्यै पनि आएको थिएन । पञ्चायती व्यवस्थामा पनि यत्ति संकट आएको थिएन । त्यसका आफ्नै प्रकृतिका संकट थिए । ०४६ देखि ०६३ सम्म आउँदा पनि यति संकट आएको थिएन । यद्यपी संसदीय प्रतिक्रियावादी व्यवस्था थियो त्यो । एमसीसी जस्ता डरलाग्दा अमेरिकी प्रोजेक्ट पनि हाम्रा बिरुद्ध केन्द्रित छन् । सिमाना मिच्ने भारतीय साम्राज्यवादीहरुको एकपछि अर्को हर्कत बढी नै राखेको छ ।

देशको स्वाधिनता के हुने ? हाम्रो देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने छ । अहिलेको विश्वको ट्रेन्ड हेर्नुभयो भने पावर र सुपर पावरहरु बीचको संघर्ष, अन्र्तविरोध दुश्मनीपूर्ण ठाउँमा पुगेको छ । त्यो भनेको निल्ने र निलाइपाउने प्रक्रिया अगाडी बढ्छ । अमेरिका र चीन बीचको अन्तबिरोध जुन ठाउँमा जान खोजेको छ, नेपालका शासक वर्गहरुले ठिक ढंगले त्यसको विश्लेषण गर्न सकेनन् भने र ठिक ढंगले डिल गर्न सकेनन् भने नेपाल अर्को युक्रेन हुँदैन भन्न सकिने स्थिति छैन ।’

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताउनुभयो । राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उहाँले बताउनुभयो । उहाँले सत्ता र कुर्सिको स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग सौदाबाजी भइरहेको उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो – ‘राजनीति भनेको सत्ता र कुर्सिको निम्ति फोहोरीभन्दा फोहोरी, षड्यन्त्रमुलक खेल गर्ने हो भन्ने स्थापित छ । कुनै विचारको प्रश्न मुख्य छैन । राजनीतिको प्रश्न मुख्य छैन । सिद्धान्तको प्रश्न मुख्य छैन । नीति, नैतिकता, संस्कारको प्रश्न मुख्य छैन । जसरी पनि कुर्सि, जसरी पनि सत्ता भन्ने दलाल पुँजिवादको चरित्र जो छ यसले आफ्नो सत्ता स्वार्थ र कुर्सी स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग ठूलठूला सौदाबाजी देश र जनताका बिरुद्धमा गर्ने र देशभित्र एकपछि अर्को जनताका बिरुद्ध अपराध गर्ने र अस्थिरताको खेल गर्ने डरलाग्दो स्थिति छ ।’

पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो । करिव १५ हजार मानिसहरुको सहभागिता हुने सो कार्यक्रममा शिर्ष पार्टीका नेताहरुलाई समेत निमन्त्रण गरिएको उहाँले बताउनु भयो ।