४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी



अ+ अ-

काठमाडौं । आसन्न उपचुनावलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका हुन् ।

संयोजक पौडेलले बिहीबार प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा मतदातामा अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका छन् । उनले आयोगसमक्ष पेश गरिएको उजुरीमा लेखिएको छ-, ‘यसरी गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहन्छौं । ‘