२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने बन्यो नबिल बैंक



अ+ अ-

काठमाडौँ। वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने नबिल बैंक भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण गरेका २१ वटै वाणिज्य बैंकमध्ये नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको हो ।

नबिलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ११ करोड ६१ लाख खुद नाफा कमाएको छ । गत वर्षको समान अवधिको तुलनामा यो ५२.६३ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तमा नबिलले ३ अर्ब ३५ करोड २० रुपैयाँ मुनाफा हासिल गरेको थियो ।

ग्लोबल आइएमई बैंक नाफाका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै एनआइसी एसिया तेस्रो स्थानमा रहेको छ । चैत मसान्तसम्ममा ग्लोबलले चार अर्ब ३५ करोड कमाउँदा एनआइसी एसियाले ४ अर्बभन्दा बढी नाफा हासिल गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकले हासिल गरेको छ । उक्त बैंकले एक अर्ब ४ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४५.३६ प्रतिशतले कम हो ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा हासिल गर्ने एभरेष्ट बैंक रहेको छ । उक्त बैंकले चालु वर्षको नौ महिनामा २ अर्ब ४६ करोड खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उसले १ अर्ब ५१ करोड नाफा हासिल गरेको थियो । प्रतिशतका आधारमा एभरेष्ट बैंकले गत वर्षको समीक्षा अवधिको तुलनामा यस वर्ष ६२.६३ प्रतिशतले नाफा वृद्धि गरेको हो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६०.२५ प्रतिशतले बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ७ बैंकको मुनाफा गत वर्षको तुलनामा घटेको छ । तीमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ४५.३६ प्रतिशतले घटेको छ । सनराइज बैंकको सबैभन्दा कम ८.३३ प्रतिशतले नाफा घटेको छ ।

समीक्षा अवधिकमा २१ वाणिज्य बैंकको खुद नाफा ११.६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २१ वाणिज्य बैंकले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ कमाएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ७० करोड ४९ लाख नाफा हासिल गरेका छन् ।