५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने बन्यो नबिल बैंक



अ+ अ-

काठमाडौँ। वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने नबिल बैंक भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण गरेका २१ वटै वाणिज्य बैंकमध्ये नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको हो ।

नबिलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ११ करोड ६१ लाख खुद नाफा कमाएको छ । गत वर्षको समान अवधिको तुलनामा यो ५२.६३ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तमा नबिलले ३ अर्ब ३५ करोड २० रुपैयाँ मुनाफा हासिल गरेको थियो ।

ग्लोबल आइएमई बैंक नाफाका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै एनआइसी एसिया तेस्रो स्थानमा रहेको छ । चैत मसान्तसम्ममा ग्लोबलले चार अर्ब ३५ करोड कमाउँदा एनआइसी एसियाले ४ अर्बभन्दा बढी नाफा हासिल गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकले हासिल गरेको छ । उक्त बैंकले एक अर्ब ४ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४५.३६ प्रतिशतले कम हो ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा हासिल गर्ने एभरेष्ट बैंक रहेको छ । उक्त बैंकले चालु वर्षको नौ महिनामा २ अर्ब ४६ करोड खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उसले १ अर्ब ५१ करोड नाफा हासिल गरेको थियो । प्रतिशतका आधारमा एभरेष्ट बैंकले गत वर्षको समीक्षा अवधिको तुलनामा यस वर्ष ६२.६३ प्रतिशतले नाफा वृद्धि गरेको हो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६०.२५ प्रतिशतले बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ७ बैंकको मुनाफा गत वर्षको तुलनामा घटेको छ । तीमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ४५.३६ प्रतिशतले घटेको छ । सनराइज बैंकको सबैभन्दा कम ८.३३ प्रतिशतले नाफा घटेको छ ।

समीक्षा अवधिकमा २१ वाणिज्य बैंकको खुद नाफा ११.६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २१ वाणिज्य बैंकले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ कमाएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ७० करोड ४९ लाख नाफा हासिल गरेका छन् ।