४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋणको ब्याज, हर्जाना र पेनल छुट गरिदिन वायुसेवा निगमको अनुरोध



अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले ऋणको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न आग्रह गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले दुवै कोषलाई तिर्नुपर्ने ऋणको किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको गत चैत महिनाको किस्ता तिरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषलाई चैत महिनाको रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिसकेको बताएको छ । निगमले गत असारमा रु एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ गरी कूल दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख गरेको छ ।