११ माघ २०८१, शुक्रबार
,
Latest
रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरू अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष… कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई उछिन्दै विश्वमा धेरै जनसंख्या हुने राष्ट्र बन्यो भारत



अ+ अ-

एजेन्सी । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (युएनएफपीए)को प्रतिवेदनले भारतमा अहिले चीनभन्दा ३० लाख बढी जनसंख्या रहेको खुलासा गरेको छ ।

तथ्याङ्क अनुसार भारतको जनसंख्या १४२ करोड ८६ लाख छ । अर्कोतर्फ चीनको जनसंख्या १४२ करोड ५७ लाख रहेको छ ।

सन् २०२३ मा भारत सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने विश्वका विज्ञहरूले यस वर्षको सुरुमै भविष्यवाणी गरेका थिए । युएनएफपीएको नयाँ तथ्यांकले पनि यसको पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतको जनसंख्या एक वर्षमा १.५६ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा नयाँ तथ्यांक ‘डेमोग्राफिक इन्डिकेटर’को श्रेणीमा दिइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९५० देखि विश्वको जनसंख्या तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । त्यसयता भारतले जनसंख्याको आधारमा चीनलाई पछाडि पारेको यो पहिलो पटक हो ।

गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनले पछिल्लो ६ दशकमा पहिलो पटक चीनको जनसङ्ख्यामा कमी आएको खुलासा गरेको छ । चीनमा जन्मदर पनि घटेको छ र यो वर्ष माइनसमा रेकर्ड गरिएको छ ।