२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौँ: सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गर्नुभएको हो ।

उहाँले मंगलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसद र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला ? भनेर प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हिजोको अधिवेशन आकस्मिक रुपमा स्थगित भयो । क्याबिनेट मिटिङ ४ बजे छ भन्ने सुन्नमा आयो । समय नजुध्नेगरी समय मिलाउन सक्दैनथ्यो यो दुईवटा बैठकहरुको । आम नागरिकले सरकारी कार्यालयमा सबै कागजात प्रक्रिया पुर्‍याएर घण्टौँ लाइन बसेपनि अचानक आज काम हुँदैन भोलि आउनुस् भन्छन् । त्यसरी जनतालाई व्यवहार गरिने देश हो यो हाम्रो । यहाँ जनताको समयको मूल्य छैन । हामी जनप्रतिनिधि, जनताबाट छानिएर आएको प्रतिनिधिको समयको पनि केही मूल्य नहुने हो ? एकपटक सदन बस्दा १० लाख रुपैयाँ हाराहारीमा खर्च हुने भनेर पत्रपत्रिकामा आएको थियो ।

सरकारले कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्थामा के यो दशलाख रुपैयाँ हामीले बचाउन सक्दैनथ्यौँ ? के करदाताको पैसा त्यति सस्तो छ ? आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल भन्न पाइन्छ र ? मलाई निकै अचम्म लागेको छ । यसरी अन्तिम घडीमा सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने रहेछ । यो त चलनचल्ती र रिती नै बसिसकेको रहेछ । कसरी पचेको हामीलाई ? गल्तीलाई गल्ती भनौँ । सुधारौँ । सदन र मन्त्रीपरिषद् जम्मा दुईवटा निकायबीच समन्वय गर्न नसक्ने हामी ठूलो परियोजनामा धेरै मन्त्रालय र निकायबीच समन्वय झन् कसरी होला ? सडक विभागले आज पिच गर्छ । भोलि खानेपानीले गएर पिच बिगार्छ । बाटो चाहीँ घाम लागे धुलो, पानी परे हिलो । अनि बिरामी हुने हामीहरु । सदनमाथि सरकारको यस्तो हालिमुहाली बन्द गरौँ ।’

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताउनु भयो ।