२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानले कतारलाई ४० रनले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ओमानले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको हो । ओमानले दिएको २५० रनको विजयी लक्ष्य पछ्याएको कतारले ४७.२ ओभरमा अलआउट हुँदै २०९ रनमात्र जोड्यो ।

कतारका मोहमद रिजलानले ४३, खुराम शाहजाद ३०, इकरामुल्लाह खान २६, इमाल लियांगे २७, मुहम्मद तनवीरले १९ रन जोडे ।

बलिङतर्फ ओमानका विलाल खानले चार, जय ओडेड्रा र अकिव इलियासले दुई–दुई तथा जिसन मक्सुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन जोडेको थियो । ओमानका लागि आयान खानले ६४ रनमा अविजित रहँदै अर्धशतकीय इनिङ्स खेले । यस्तै, जिशन मक्शुद ४१, सन्दीप गोउद ३४, कश्यप प्रजापती र मोहम्मद नदिमले १८/१८ रन जोड्दा जतिन्दर सिंह र आदिल साफिकले १६/१६ रन जोडे । अकिव इलियासले १७ रनको योगदान दिए ।

बलिङतर्फ कतारका मुहम्मद मुराद र आमिर फारुकले तीन–तीन विकेट लिँदा इकरमुल्लाह खानले दुई विकेट लिए ।