• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

पर्यटनमन्त्रीद्वारा कतारी राजकुमारीलाई बधाई



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएकामा बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले कतारी राजकुमारी अल्थानीलाई बधाई दिँदै राजकुमारीको नेपाल बसाइ सुखद् रहोस् भन्नुभएको छ ।

राजकुमारी अल्थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँ इलाइट एक्सपिडिसनमार्फत शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो ।