८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 4.63

Humidity: 42

Latest
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड पोप फ्रान्सिसको निधन: भ्याटिकन पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे विराट कोहलीको आईपीएल कीर्तिमान तोड्दै रोहित शर्मा नम्बर–१ बने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिन तेन्दुलकरका छोरा अर्जुन भन्छन् – हरेक खेलअघि बुबासँग कुरा हुन्छ



अ+ अ-

एजेन्सी । अर्जुन तेन्दुलकरले आईपीएल २०२३ मा सनराइजर्स हैदरावाद विरुद्ध आफ्नो टोली मुम्बई इन्डियन्सलाई जिताएपछि बुबासँग भएको कुराकानी खुलासा गरेका छन् ।

अर्जुनका लागि यो खेल अविस्मरणीय रहनेछ, किनकि यो खेलमा उनले आफ्नो आईपीएल करियरको पहिलो विकेट लिएका थिए । २३ वर्षीय अर्जुनले २० औं ओभरमा उत्कृष्ट बलिङ गर्दै आईपीएलको पहिलो विकेट लिएका हुन् । यस क्रममा उनका पिता सचिन तेन्दुलकर पनि ड्रेसिङ रुममा उपस्थित थिए ।

यस खेलमा १९३ रनको लक्ष्य पछ्याएको हैदरावादको टोलीलाई जितका लागि अन्तिम ओभरमा २० रन आवश्यक थियो । यो ओभरमा अर्जुनले भुवनेश्वर कुमारलाई पेभिलियन पठाए । योसँगै मुम्बईले खेल १४ रनले जित्यो ।

खेलपछि आफ्नो खेलको बारेमा कुरा गर्दै अर्जुनले भने, ‘आईपीएलमा आफ्नो विकेट पाउनु पक्कै राम्रो थियो । हामीले हातमा के छ, योजना के थियो र कसरी कार्यान्वयन गर्ने भन्नेमा मात्र ध्यान केन्द्रित गर्नु थियो ।’

अर्जुनले थपे ‘मलाई बलिङ मन पर्छ, कप्तानले भनेजति बेला बलिङ गर्न पाउँदा म खुसी छु । म टिमको योजनामा ​​अडिग रहने र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छु । हामी (सचिन तेन्दुलकर र अर्जुन) क्रिकेटको रणनीतिबारे छलफल गर्छौं । मलाई हरेक खेल अघि अभ्यास गरेको कुरामा अडिग रहन मेरो बुबाले भन्नुहुन्छ । हरेक खेलअघि मलाई बुबाले सल्लाह दिनुहुन्छ ।’

यस खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्दै १९२ रन बनाएको थियो । क्यामरन ग्रीनले आईपीएलमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै अविजित ६४ रन बनाए । त्यस्तै, तिलक वर्माले १७ बलमा ३७ रन बनाए । जवाफमा हैदरावादका मयंक अग्रवाल (४८ रन) र हेनरिक क्लासेन (३६ रन) ले आफ्नो टोलीलाई लक्ष्यको नजिक लैजाने प्रयास गरे पनि दुवैले आफ्नो टोलीलाई जिताउन सकेनन् ।