९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बायर्न र म्यान्चेस्टर सिटी भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि आज मध्यरातमा दुई खेलहरु हुँदैछन् । मध्यरातमा एकै समयमा (००ः४५ बजे) इटालीयन क्लब इन्टर मिलान र पोर्चुगीज क्लब बेन्फिाले प्रतिस्पर्धा गर्दैछन् । यसअघि क्वाटरफाइनल अन्तर्गत नै पहिलो लेगमा बेन्फिकालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको इन्टरलाई आज आफ्नो मैदानमा २–० गोलको एड्भान्टेज छ ।

यस्तै, आज हुने अर्को रोमाञ्चक खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल बायर्नको घरेलु मैदान एलियान्ज अरिनामा हुनेछ ।

यसअघि क्वाटरफाइनलको पहिलो लेगमा सिटीले बायर्नलाई आफ्नो मैदान इतिहाडमा ३–० गोलले पराजित गरेको थियो । तसर्थ सिटीसँग ३–० गोलको अग्रता छ । ३–० ले पछि परेको बायर्नलाई घरेलु समर्थकको साथ भरपुर रहनेछ । उच्च लयमा रहेको सिटीविरुद्ध ३–० बढीको नतिजा निकालेर सेमिफाइनलमा स्थान बनाउन बायर्नका लागि निकै चुनौति छ ।

सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई रोक्नु बायर्नका डिफेन्डरको प्रमुख समस्या हुनेछ । जारी च्याम्पियन्स लिगमा हालाण्ड ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

बायर्न जर्मन लिग बुन्डेसलिगाको शीर्ष स्थानमा रहँदा सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलबाट स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब एसी मिलानले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

 

बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज अरिना, जहाँ बायर्न र सिटीबीचको खेल हुँदैछ