११ माघ २०८१, शुक्रबार
,
Latest
टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष… कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् माफिया अतिक अहमद दाजुभाईको हत्या गर्ने ३ युवाहरु ?



अ+ अ-

एजेन्सी । माफिया अतिक अहमद र अशरफको हत्या गर्ने तीन शूटरलाई बुधबार प्रयागराजको सीजीएम अदालतमा पेश गरियो । हत्याको छानबिन गर्न गठित एसआईटी टोलीले मंगलबार मुख्य न्यायिक मजिस्ट्रेट (सिजेएम) दिनेशकुमार गौतमको इजलासमा निवेदन दिएर अभियुक्तलाई बोलाउन माग गरेको थियो ।

यस क्रममा सुरक्षालाई ध्यानमा राख्दै जताततै प्रहरी तैनाथ गरिएको थियो । प्रतापगढ कारागारदेखि अदालतसम्मको सडकलाई उच्च सुरक्षाको घेरामा परिणत गरिएको छ । यसैबीच आज ती तीन हत्याराबारे चर्चा गरौं । तीनैजना कसरी अपराधको संसारमा प्रवेश गरे ? कसरी माफियाले अतिक अहमद र उनका भाइलाई सार्वजनिक रूपमा मारे ।

तीन हत्याराहरुबारे जानकारी –
१. लवलेश तिवारीः स्नातक फेल
अतिकलाई पहिलो गोली हानेका लवलेश तिवारी बान्दाका हुन् । उनीविरुद्ध गुण्डागर्दी र कुटपिटका थुप्रै मुद्दा दर्ता भएका छन् । लवलेशका बुबा पेसाले चालक हुन् र उनको परिवार भाडाको घरमा बस्छ । इन्टरपछि लखनउ विश्वविद्यालयबाट स्नातक गर्न भर्ना भए पनि फेल भएपछि उनले पढाइ छाडे ।

चार दाजुभाइमध्ये तेस्रो लवलेशले कुनै काम गरेनन् । करिब डेढ वर्षअघि छात्रालाई थप्पड हानेको आरोपमा उनी आठ दिन जेलमा थिए । घटनाले लवलेशको परिवार आतंकित छ । लवलेशकी आमाका हनुसार संकटमोचन(हनुमान)लाई दर्शन नगरी लवलेश चिया पनि पिउँथेनन् । उनी दिनहुँ मन्दिर जान्थे । सधै अरुलाई सहयोग गर्थे ।

२. अरुण मौर्याः महँगो लुगा–जुत्ताको शौकीन, यसअघि जेल गइसकेको
उनी कासगञ्जको सोरोको कादरबारी गाउँका बासिन्दा हुन् । अरुणविरुद्ध तीनभन्दा बढी मुद्दा दर्ता छन् । अरुण मौर्या उर्फ ​​कालिया जेल परिसकेका छन् । शूटर अरुण मौर्याको जन्म पानीपतको विकास नगरमा भएको थियो । अरुण मौर्या यहाँ आफ्नो हजुरबुवा र काकाको परिवारसँग बस्थे । शुटर अरुणका काकाका अनुसार अरुण एक साताअघि परिवारलाई जानकारी नदिई यहाँबाट गएको थियो । त्यतिबेला उनी गाउँ पनि गएका थिए । अरुण बिहेको लागि दिल्ली गएको कतैबाट सुन्नमा आएको थियो ।

अरुण मौर्याले १० कक्षासम्म मात्रै पढेका थिए । अरुण पानीपतको एक निजी कम्पनीमा काम गर्थे । अरुणका बुबा दीपकले खेतबारी र टिकी–गोलगाप्पा बेच्ने काम गर्छन् । उनको एक कान्छो भाइ पनि छ जसको उमेर १२ वर्ष छ ।

अरुण पानीपतको कारखानामा टेलरिङको काम गर्थे । त्यसको बदलामा उनले मासिक १० हजार रुपैयाँ पाउथे । उनलाई महँगो लुगा, जुत्ता र होटलमा बस्ने, खानपिन गर्ने मन थियो । उनको जीवनशैली देखेर सँगै काम गर्ने मानिसहरु अचम्ममा परेका थिए । उनले १० हजारको जुत्ता लगाएका थिए । उनी कुख्यात डन लरेन्स बिश्नोईबाट प्रभावित थिए । आफ्ना गोठालाहरूसँग सम्पर्कमा रहेर उनलाई भेट्ने प्रयास गर्दथे ।

३. मोहित उर्फ ​​सन्नी सिंहः प्रहरीको आशंका, हत्याका लागि हतियार उनले उपलब्ध गराएका थिए
सन्नी हमीरपुरका हुन् र उनको भाटी गिरोहसँग सम्बन्ध छ । सन्नी ६ महिनाअघि मात्र जेलबाट छुटेका थिए । उनले १२ वर्षअघि घर छोडेका थिए । मोहितले आठ कक्षासम्म मात्रै पढेको परिवारका सदस्यहरू बताउँछन् । हत्याका लागि पेस्तोल सन्नीले नै मिलाएको बताइएको छ ।

सन्नी सिंहका सामाजिक पोष्टहरूले मारिएका ग्यांगस्टर श्री प्रकाश शुक्ला र जेलमा रहेका कन्ट्र्याक्ट किलर लरेन्स बिश्नोईमा उनको गहिरो चासो देखाउँछ । सन्नी सिंहको सम्बन्ध पश्चिमी यूपीका खतरनाक अपराधी सुन्दर भाटी गिरोहसँग पनि भेटिएको छ ।

सोधपुछका क्रममा सन्नी सिंहले सिद्धु मुसेवालाको हत्या गर्ने लरेन्स बिश्नोई नै भएको थाहा पाएपछि उनी उनको फ्यान बनेको बताए । त्यसपछि उनले बिश्नोईको अन्तर्वार्ता र भिडियो हेर्न थाले । बिश्नोईको भिडियो र अन्तर्वार्ताबाट सन्नी सिंह यति प्रभावित भए कि उनले पनि र्‍यापर सिद्धु मुसेवालाजस्तै ठूलो हत्याको योजना बनाए ।

प्रहरी स्रोतका अनुसार अतिक र अशरफको हत्यामा सन्नी सिंहको नेतृत्व थियो । उनले यो हत्यामा लवलेश तिवारी र अरुण मौर्यालाई पूरा योजना बनाएर संलग्न गराए । सन्नी सिंह हमीरपुर जेलमा रहेका बेला सुन्दर भाटीसँग भेटेका थिए । तर, केही पैसालाई लिएर कारागारमा कैदीहरूसँग उनको झगडा भयो, त्यसपछि उनलाई बन्द कारागारमा सारिएको थियो ।

सेवानिवृत्त आईपीएस महेन्द्र सिंह बताउँछन्, ‘सामान्यतया जघन्य अपराध गरेपछि जुनसुकै अपराधीका परिवारका सदस्यले उसलाई त्याग्छन् । यो कारणले गर्दा उसलाई र घरको बाँकीलाई समस्या हुन्छ । परिवारका बाँकी सदस्यहरू सधैं प्रहरीको निशानामा हुन्छन्। यो घटनामा पनि त्यस्तै भएको छ । तर, अहिलेसम्मको अनुसन्धानबाट बाहिर आएका अनुसार एक जना बाहेक घरका अन्य सदस्यको कसैसँग पनि लेनदेन थिएन । अर्थात् दुवैले आफ्नो परिवारबाट सधैं दूरी राखेका छन् । तेस्रो पनि विरलै परिवारसँग सम्बन्धित थियो ।’

महेन्द्र अगाडि भन्छन्, ‘यस्ता घटनामा परिवारका सदस्यको भूमिका प्रमाणित नभएसम्म उनीहरुको परिचय धेरै खुलाउनु हुँदैन । जसका कारण उनीहरु र उनीहरुको भविष्यमा खतरा छ ।’

सेवानिवृत्त आईपीएस सिंहले थपे, ‘अतिक र अशरफ हत्या प्रकरणमा अनुसन्धान गरिरहेको एसटीएफ टोलीले तीनै आरोपीलाई हिरासतमा लिने प्रयास गर्नेछ। जहाँ तीनैजनालाई पहिले छुट्टाछुट्टै र त्यसपछि सँगै बसेर सोधपुछ गरिने छ । तीनैजनाको सोधपुछमा उनीहरुले अतिक र असरफको हत्या के कारणले गरे भन्ने कुरा पत्ता लगाउने प्रयास हुनेछ । उनीहरुलाई हत्याको कसले दियो सुपारीलगायत सबै प्रश्नको जवाफ प्रहरीले जान्न खोज्नेछ । अमर उजालाबाट नेपाली अनुवाद ।