८ श्रावण २०८३, शुक्रबार
,
Latest
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै विद्यालयमा पढेको विद्यार्थी कमजोर हुनुमा विद्यार्थीको मात्रै दोष हुन्छ कि स्कुलको पनि?– उपेन्द्र सुब्बा



अ+ अ-

काठमाडौँ । निर्देशक तथा कवि उपेन्द्र सुब्बाले देशको शैक्षिक अवस्थाप्रति चिन्तन व्यक्त गरेका छन् । विद्यालयले कमजोर विद्यार्थीहरु प्रति गरिने दुर्व्यवहार र अपमानप्रति उनले गुनासो पोखेका छन् ।

निर्देशक सुब्बाले जाउलाखेलस्थित डिएभी स्कुलले आफ्नी माइली छोरीलाई अपमान गरेको बताएका छन् । कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएकी छोरीलाई नौ कक्षामा फेल भएपछि प्रिन्सिपलले सो विद्यालयमा नपढाउने अन्त लानु भनेका सुब्बाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘भाइस प्रिन्सिपल सहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन । यिनले पढ्नै सक्दैन भनेछन्।’

सुब्बाले ८-९ वर्षदेखि एउटै विद्यालयम पढेको विद्यार्थी कमजोर हुनुमा स्कुलको पनि दोष हुन्छ कि विद्यार्थीको मात्रै भनेर प्रश्न गरेका छन् । उनले कमजोर विद्यार्थीलाई हामी पढाउन सक्दैनौं अन्तै लैजाउ भन्नु स्कुलको गैर जिम्मेवारी भएको बताए ।

उनले भनेका छन्, ‘कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें । विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ।’

सुब्बाले आफ्नी छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु भन्दै स्कुलबाट ट्रान्सक्रिप्ट ल्याएको उल्लेख गरेका छन् ।

https://www.facebook.com/upendra.subba/posts/10227617597857927

 

 




भर्खरै