२२ मंसिर २०८२, सोमबार
,
Latest
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल ‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: राजस्थान र लखनउ भिड्दै



अ+ अ-

काठमााडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बुधबारको खेलमा राजस्थान रोयल्स (आरआर) र लखनउ सुपर जाइन्ट्स (एलएसजी)बिच प्रतिष्पर्धा हुदैछ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा राजस्थानले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। पाँच खेलमध्ये चार खेल जितेर राजस्थान पहिलो स्थानमा छ।

अर्कोतर्फ, लखनउ पाँच खेलमध्ये तीन जितसहित दोस्रो स्थानमा छ। राजस्थानले पछिल्लो तीन खेल लगातार जित्दै आईरहेको छ भने लखनउ अन्तिम खेलमा पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको थियो । यस सिजनमा आज राजस्थान र लखनउ पहिलो भेट गर्दैछन् ।

राजस्थान रोयल्सका सम्भावित प्लेईङ ११
जोस बटलर, यशस्वी जैस्वाल, सञ्जु सैमसन (कप्तानर विकेटकीपर) , देवदत्त पडिक्कल, शिमरोन हेटमायर, ध्रुव जुरेल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, एडम जाम्पा, सन्दीप शर्मा, युजवेन्द्र चहल

लखनऊ सुपर जायन्ट्सका सम्भावित प्लेईङ ११
केएल राहुल (कप्तान), काइल मेयर्स, दीपक हुडा, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन (विकेटकीपर), आयुष बडोनी, आवेश खान, युधवीर सिंह चरक, मार्क वुड, रवि बिश्नोई

हेड–टू–हेड

राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले हालसम्म दुई खेलमा एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । जसअँतर्गत दुवै खेलमा राजस्थानले लखनउलाई पराजित गरेको छ ।