१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: राजस्थान र लखनउ भिड्दै



अ+ अ-

काठमााडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बुधबारको खेलमा राजस्थान रोयल्स (आरआर) र लखनउ सुपर जाइन्ट्स (एलएसजी)बिच प्रतिष्पर्धा हुदैछ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा राजस्थानले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। पाँच खेलमध्ये चार खेल जितेर राजस्थान पहिलो स्थानमा छ।

अर्कोतर्फ, लखनउ पाँच खेलमध्ये तीन जितसहित दोस्रो स्थानमा छ। राजस्थानले पछिल्लो तीन खेल लगातार जित्दै आईरहेको छ भने लखनउ अन्तिम खेलमा पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको थियो । यस सिजनमा आज राजस्थान र लखनउ पहिलो भेट गर्दैछन् ।

राजस्थान रोयल्सका सम्भावित प्लेईङ ११
जोस बटलर, यशस्वी जैस्वाल, सञ्जु सैमसन (कप्तानर विकेटकीपर) , देवदत्त पडिक्कल, शिमरोन हेटमायर, ध्रुव जुरेल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, एडम जाम्पा, सन्दीप शर्मा, युजवेन्द्र चहल

लखनऊ सुपर जायन्ट्सका सम्भावित प्लेईङ ११
केएल राहुल (कप्तान), काइल मेयर्स, दीपक हुडा, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन (विकेटकीपर), आयुष बडोनी, आवेश खान, युधवीर सिंह चरक, मार्क वुड, रवि बिश्नोई

हेड–टू–हेड

राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले हालसम्म दुई खेलमा एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । जसअँतर्गत दुवै खेलमा राजस्थानले लखनउलाई पराजित गरेको छ ।