काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाने तयारी गरिएको छ ।
मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पौडेलको थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाने तयारी भएको हो ।
सचिवालका एक सदस्यका अनुसार एयर एम्बुलेन्स केही समय पछि आईपुग्ने र भारत लैजाने तयारी गरिएको छ । उहाFको मंगलबार नै बायाँ छातिको तल्लो भागबाट एक्सरेको सहायताले पानी निकाएर परीक्षण गरिएको थियो ।