२१ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सेन्टरको सुरुआत गर्नुभयो ।

प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गर्नुभएको थियो । मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीले भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ ।