१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

झडपबारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति गठन

झडपबारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति गठन
अ अ+ अ-

काठमाडौं । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक/एक जना प्रतिनिधि सहभागी हुनुहुन्छ । संयोजक पाण्डेले सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्रमा प्रतिवेदन बुझाउने गरी आज समिति बनेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिनुभएको थियो । उहाँले घाइते भएका प्रहरी र पीडितलाई आफूले भेट गरी स्वास्थ्यलाभको समेत कामना गरेको बताउनुभयो । उहाँले उक्त समितिको प्रतिवेदनका आधारमा मन्त्रालय अघि बढ्ने बताउनुभयो ।

पीडितले आजै अन्तिम दिन हो आन्दोलन गर्ने भन्दै लाँठी, ढुङ्गा थुपारेर बसेको चाल पाएपछि प्रहरीले आवश्यक सावधानी अपनाउँदै गेट लगाउने क्रममा प्रहरीमाथि नै ढुङ्गा प्रहार भएपछि घटना भएको आफूले जानकारी पाएको गृहमन्त्री श्रेष्ठले बताउनुभयो । जोसुकैबाट घटना भए पनि आफू दुखित भएको उहाँले बताउनुभयो ।

सरकारले यसअघि तराईबाट पैदलै काठमाडौँ आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपुरो भएको भन्दै पुनः यो समूह आएर आन्दोलन थालेको थियो ।

उनीहरुले सरकारसँग छबुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमबार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठ जना र पीडिततर्फ २० जना घाइते भएका काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । रासस