१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ: महामन्त्री थापा

पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ: महामन्त्री थापा
अ अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

उहाँले पाँच वर्ष सरकारलाई निरन्तरता दिएर जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन ।” महामन्त्री थापाले अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको धारणा राख्नुभयो ।

देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाविपत्ति आइरहेको छ भन्ने सोचेर काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । “रातदिन काम गर्नुपर्ने अवस्था आएको छ, छिटो छिटो परिणाम दिने गरी काम गर्नुपर्छ, केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको लय मिल्नुपर्छ । तबमात्र परिणाम आउँछ”, थापाले भन्नुभयो ।

खर्च घटाउँदै आम्दानी बढाउने स्रोतको खोजी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको महामन्त्री थापाले बताउनुभयो । उहाँले जनतामा विश्वास जागृत गराउनुपर्ने उल्लेख गर्दै मिटरब्याज पीडितको समस्या सम्बोधन, समयमै मल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।

वैशाख १० गते हुने उपनिर्वाचनले सरकार गठन प्रक्रियामा केही प्रभाव नपर्ने भए पनि राजनीतिमा कस्तो व्यक्ति पुरस्कृत हुने भन्ने सन्देश दिनुपर्ने उहाँको भनाइ थियो । मङ्सिरमा सम्पन्न निर्वाचनमा तनहुँका जनताले दिएको मतका कारण आज तनहुँले राष्ट्रपति पाएको भन्दै महामन्त्री थापाले राष्ट्रपतिले संवैधानिक दायित्व सफलतापूर्वक पूरा गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांगे्रसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताउनुभयो । कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांगे्रसलाई गाली गर्ने दिन आएको महामन्त्री शर्माको भनाइ थियो ।

गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांगे्रसले न्याय गरेको भन्दै धेरै युवा उहाँलाई मतदान गर्न आतुर रहेको आफूले पाएको उहाँले बताउनुभयो । तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराई भएकाले उहाँको जित अनिवार्य रहेको महामन्त्री शर्माले बताउनुभयो ।

देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै महामन्त्री शर्माले देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा नहुने बताउनुभयो । “देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ तर देशलाई बनाउँछौँ भन्ने दृढ सङ्कल्प बोकेका छौँ, “महामन्त्री शर्माले भन्नुभयो । आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो ।

राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दैै उहाँले राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको उहाँको भनाइ थियो ।

“नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुई धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ ।”

वर्तमान व्यवस्थालाई विस्थापित गर्ने प्रयत्न भएको बताउँदै महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको मात्र प्रश्न नभएको उल्लेख गर्नुभयो । “यो चुनावको कुरा मात्र होइन, नेपालमा देखिएका चुनौतीको समाधान गर्ने कुरा पनि हो”, गुरुङले भन्नुभयो, “प्रतिगामी दिशातर्फ अगाडि लैजान खोज्ने प्रवृत्तिलाई उपनिर्वाचनमा पराजित गर्नुपर्छ ।”

महासचिव गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक परेको बताउँदै अस्थिरता सिर्जना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गर्नुभयो ।

कुशासन र भ्रष्टाचार विकासमा बाधक भएकाले भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन दिनुको विकल्प नभएको उहाँको भनाइ थियो । “यसका लागि पनि गठबन्धनले जित्नु आवश्यक छ, वर्तमान सरकार भ्रष्टाचारलाई शून्यमा पु¥याएर सुशासन कायम गर्न प्रतिबद्ध छ”, गुरुङले भन्नुभयो ।

महासचिव गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । “दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या आएको छ, युवाशक्ति वैदेशिक रोजगारमा जाने समस्या व्यापक छ, यसको समाधानका लागि पनि गठबन्धन आवश्यक छ”, गुरुङले भन्नुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराई उपयुक्त उम्मेदवार भएको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताउनुभयो । उहाँले गठबन्धनलाई स्थिरताको खुड्किलाका रूपमा अगाडि बढाइने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताउनुभयो ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको उहाँले बताउनुभयो । पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले वर्तमान गठबन्धनले नै देशको विकास गर्ने भएकाले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । नेपाली कांगे्रसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अहिले देशमा चुनौती रहे पनि सबै चुनौती गठबन्धनबाट समाधान गरिने उल्लेख गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले सङ्घीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हावी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । रासस