२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविका चालकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सोमबार बिहान तीनतले घरको छतबाट खसेर गम्भिर घाइते भएका थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

उनी भरतपुरस्थित पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत् थिए । चिकित्सक र आफन्तको सल्लाहमा उनलाई काठमाडौंको नेपाल मेडिसिटी अस्पताल पठाइएको सभापति लामिछानेले फेसबुकमार्फत जानकारी दिएका छन् ।

भरतपुरमा करिब ३६ घण्टा उपचारको क्रममा शम्भुको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको लामिछानेले बताए ।

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्:

‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (CoMS पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट Airlift गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ ।
यस सम्वेदनशील घडिमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भिर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पुर्ण मेडिकल कलेज परिवार प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
यस दौरान शम्भुको शिघ्र स्वास्थ्य लाभको लागि मानसिक, भौतिक तथा भावनात्मक सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरु प्रति हामी आभार व्यक्त गर्दछौँ ।
प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ,छिटो ठिक भएर फर्क मेरो भाइ। CoMS अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन्।’