१७ भाद्र २०८३, बुधबार
,
Latest
जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा सहकारीका निर्देशकलाई कालोमोसो दल्ने पाँच वचतकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । भक्तपुरको ठिमीस्थित एक सहकारीका प्रबन्ध निर्देशकमाथि कालोमसो दलेर दुर्व्यवहार गर्ने पाँच जना पक्राउ परेका छन् ।

मंगलबार ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित कृषि विकास तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई कालोमोसो दली जुत्ताको माला लगाएर कुटपिट गर्ने पाँच वचतकर्ता प्रकाउ परेका हुन् ।

कुटपिट तथा दुर्व्यवहारमा संलग्न आरोपमा ठिमी नगरपालिका– ७का मुरारी नेपाल, झापा घर भई हाल गठ्ठाघर बस्ने कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ९ का गोरखबहादुर गिरी, ओखलढुङगा लिखु– ४ घर भई हाल कौशलटार बस्ने पवित्रा तामाङ र ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने प्रेमकुमारी तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।