६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न राप्रपाको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उहाँले मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे राप्रपा पनि सडक संघर्षमा जाने चेतावनी दिनुभयो । सोमबार काठमाडौँको शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भर्त्सना गर्दै उहाँले न्यायको माग गर्दै आएका मिटरब्षज पीडितहरुलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको बताउनुभयो ।

“सरकारले मिटरब्याज पीडित र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नाताले राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी नेकपा (माओवादी केन्द्र)र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुःखद रहेको उहाँको भनाइ थियो ।