२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज हैदरावाद र मुम्बई भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको २० औं खेलमा आज मंगलबार मुम्बई इन्डियन्स (एमआई) र सनराइजर्स हैदरावाद (एसआरएच)बीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

लिगको सबैभन्दा सफल टोली (५ पटकको च्याम्पियन) एमआईको सिजनको सुरुवात राम्रो रहेन । मुम्बई पहिलो खेलमा बैंगलोर र दोस्रो खेलमा चेन्नईसँग पराजित भएको थियो । त्यसपछि भने मुम्बईले दिल्ली र कोलकातालाई हरायो । मुम्बईको यो पाँचौं खेल हो ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा क्यामरुन ग्रीन, टिम डेभिड, जेसन बेहरेनडर्फ र रिले मेरिडिथ हुन सक्छन् । यसका अलावा सूर्यकुमार यादव, इशान किशन र तिलक वर्मा लगायतले टोलीलाई बलियो बनाइरहेका छन् ।

यसअघिका दुवै खेल जितेको हैदरावादले अब जितको ह्याट्रिक पूरा गर्ने लक्ष्य लिएको छ ।

मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडेन मार्कराम, ह्यारी ब्रुक, हेनरिक क्लासेन र मार्को जेन्सेन हुन सक्छन् । यसका अलावा राहुल त्रिपाठी, उमरान मलिक र भुवनेश्वर कुमार लगायतले टोलीलाई बलियो बनाइरहेका छन् ।

मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको यो खेल अझ रोमाञ्चक हुने भएको छ । आईपीएलको अहिलेसम्मको इतिहासमा यी दुईबीचको भिडन्त रोचक छ । दुवै टोलीले हालसम्म १९ खेल खेलेका छन् । जसमध्ये मुम्बईले १० र हैदरावादले ९ खेल जितेको छ ।

खेलको दिन हैदराबादको मौसम निकै तातो हुनेछ। हैदराबादमा मंगलबारको तापक्रम २६ देखि ४० डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, टिम डेभिड, नेहल वाधेरा, जेसन बेहरेनडोर्फ, ऋतिक शोकीन, पियुष चावला, र रिले मेरिडिथ ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), मयंक अग्रवाल, ह्यारी ब्रुक, राहुल त्रिपाठी, अभिषेक शर्मा, हेनरिक क्लासेन (विकेटकिपर), मार्को जेनसेन, भुवनेश्वर कुमार, मयंक मार्कंडे, उमरान मलिक र थांगारासु नटराजन ।