२३ जेष्ठ २०८३, शनिबार
,
Latest
चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप विश्व कीर्तिमान नजिक, सय विकेट पूरा गर्न एक विकेट बाँकी



file photo: can
अ+ अ-

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमानको नजिक छन् ।

आइसिसी विश्वकप लिग–२ मा गत २९ फाल्गुनमा पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीप कीर्तिमान नजिक पुगेका थिए। उनले सोहि सिरीजको अनितम खेलमा युएईविरुद्ध एक विकेट लिएका थिए । यससँगै सन्दीपलाई ओडिआईमा सय विकेट पूरा गर्न अव एक विकेट बाँकी छ ।

सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् । जारी एसीसी प्रिमियर कपमा ओमनविरुद्धको खेलमा एक विकेट लिन सके उनको १०० विकेट पूरा हुनेछ । उनले एक विकेट लिए ४२ ओडिआई खेलमा १०० विकेट पूरा गर्नेछन् । ओमन एकदिवसीय मान्यता प्राप्त राष्ट्र भएकोले नेपाल र ओमनको खेल ओडिआई मान्यताको हुनेछ ।

अफगानिस्तानका राशिद खानले नाममा ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमानी रहेको छ । उनले २०१८ मा ४४ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए । राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए ।

पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा,अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा १०० विकेट पूरा गरेका थिए ।

सन्दीप ओडआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ ओडिआई खेलमा ५० विकेट पूरा गरेका थिए । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।

सन् २०१८ मा पहिलोपटक नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिईसकेका छन् ।

नोट: यसअघि मलेसियाविरुद्ध एक सय विकेट पूरा हुने भनिएकोमा सच्चाईएको छ