२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौँ । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ करोड ६६ लाख गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खड्कालाई २०७१ साल माघमा मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

धेरै विवादमा मुछिएपछि सरकारले २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम उहाँलाई पदच्युत गरेको थियो ।

अख्तियारका अनुसार खड्काले श्रीमती शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत चलअचल सम्पत्ति लुकाइराखेको बताएको थियो । सोही आरोपमा उसले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि खड्का उपस्थित नभएपछि विशेष अदालतले सोमबार उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले निगम सुधारको प्रयास थालेका चण्डिका भट्टलाई हटाएर अवकाशप्राप्त इन्जिनियर (उपसचिव) खड्कालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । डिभिजन सडक कार्यालय काठमाडौँमा कार्यरत रहँदा विभिन्न अनियमिततामा मुछिएका खड्का राजीनामा दिएको केही दिनमै निगमका कार्यकारी प्रमुख बन्नुभएको थियो ।