२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मा ‘इम्प्याक्ट प्लेयर’ बनेर मैदानमा आएपछि पनि सूर्यकुमार नै किन मुम्बईको कप्तान बने ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आइतबार दुई खेल खेलिए । पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यस खेलमा मुम्बईले सबैलाई चकित पार्दै रोहित शर्मालाई विश्राम दिएको थियो ।

सूर्यकुमार यादवलाई कप्तानको रूपमा टसका लागि पठाइएको थियो । मुम्बईले पहिले बलिङ गर्यो र सूर्यकुमारले कप्तानको रूपमा निर्णय लिने क्रम जारी राखे । तर, ब्याटिङको समयमा रोहित शर्मा इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङमा आए । यसका बाबजुद पनि सूर्यकुमार नै टोलीको कप्तान रहे ।

टसको समयमा सूर्यकुमारले पेटको समस्याका कारण रोहितले यो खेल नखेल्ने बताएका थिए । तर, उनलाई सम्भावित पाँच इम्प्याक्ट प्लेयरको सूचीमा राखिएको थियो । पछि उनलाई ब्याटिङमा आएको देखेर सबै छक्क परे । इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ गर्दै रोहितले १३ बलमा २० रन बनाएका थिए । उनलाई सुयश शर्माले आउट गरेका थिए । खेल मुम्बईले पाँच विकेटले जितेको थियो । टोलीले १७.४ ओभरमा १८६ रनको लक्ष्य पुरा गरेको थियो । खेलपछि समेत नियमित कप्तान रोहितको स्थानमा कप्तानको भूमिकामा सूर्यकुमार मात्रै बोल्न आएका थिए ।

यस वर्षको आईपीएलमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले लागू गरेको इम्प्याक्ट प्लेयर नियमअनुसार वैकल्पिक खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङ गर्न सक्छन् तर कप्तान भने हुन सक्दैनन् । रोहित मुम्बईका नियमित कप्तान हुन् तर टसको समयमा सूर्यकुमार आए । यस्तो अवस्थामा उक्त खेलमा सूर्यकुमार मात्रै कप्तानको भूमिकामा देखिए । सोही नियमका कारण रोहितले कप्तानी गर्न सकेनन् ।

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । वेंकटेश अय्यरले ५१ बलमा १०४ रनको उत्कृष्ट इनिङ खेले । आफ्नो इनिङ्समा उनले ६ चौका र ९ छक्का प्रहार गरे । जवाफमा मुम्बईले १७.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । इशान किशनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको इनिङ खेले । कप्तान सूर्यकुमारले २५ बलमा ४३ र तिलक वर्माले २५ बलमा ३० रन बनाए । अब मुम्बईले अप्रिल १८ मा सनराइजर्स हैदरावादको सामना गर्नेछ ।




भर्खरै