१६ माघ २०८१, बुधबार
,
Latest
ताप्लेजुङ घटनाः पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृति सभा तेस्रो टी–२० मा इंग्ल्याण्डले भारतलाई २६ रनले हरायो बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो भ्रष्टाचार नियन्त्रण हुनैपर्छः प्रधानमन्त्री ओली ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मा ‘इम्प्याक्ट प्लेयर’ बनेर मैदानमा आएपछि पनि सूर्यकुमार नै किन मुम्बईको कप्तान बने ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आइतबार दुई खेल खेलिए । पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यस खेलमा मुम्बईले सबैलाई चकित पार्दै रोहित शर्मालाई विश्राम दिएको थियो ।

सूर्यकुमार यादवलाई कप्तानको रूपमा टसका लागि पठाइएको थियो । मुम्बईले पहिले बलिङ गर्यो र सूर्यकुमारले कप्तानको रूपमा निर्णय लिने क्रम जारी राखे । तर, ब्याटिङको समयमा रोहित शर्मा इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङमा आए । यसका बाबजुद पनि सूर्यकुमार नै टोलीको कप्तान रहे ।

टसको समयमा सूर्यकुमारले पेटको समस्याका कारण रोहितले यो खेल नखेल्ने बताएका थिए । तर, उनलाई सम्भावित पाँच इम्प्याक्ट प्लेयरको सूचीमा राखिएको थियो । पछि उनलाई ब्याटिङमा आएको देखेर सबै छक्क परे । इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ गर्दै रोहितले १३ बलमा २० रन बनाएका थिए । उनलाई सुयश शर्माले आउट गरेका थिए । खेल मुम्बईले पाँच विकेटले जितेको थियो । टोलीले १७.४ ओभरमा १८६ रनको लक्ष्य पुरा गरेको थियो । खेलपछि समेत नियमित कप्तान रोहितको स्थानमा कप्तानको भूमिकामा सूर्यकुमार मात्रै बोल्न आएका थिए ।

यस वर्षको आईपीएलमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले लागू गरेको इम्प्याक्ट प्लेयर नियमअनुसार वैकल्पिक खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङ गर्न सक्छन् तर कप्तान भने हुन सक्दैनन् । रोहित मुम्बईका नियमित कप्तान हुन् तर टसको समयमा सूर्यकुमार आए । यस्तो अवस्थामा उक्त खेलमा सूर्यकुमार मात्रै कप्तानको भूमिकामा देखिए । सोही नियमका कारण रोहितले कप्तानी गर्न सकेनन् ।

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । वेंकटेश अय्यरले ५१ बलमा १०४ रनको उत्कृष्ट इनिङ खेले । आफ्नो इनिङ्समा उनले ६ चौका र ९ छक्का प्रहार गरे । जवाफमा मुम्बईले १७.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । इशान किशनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको इनिङ खेले । कप्तान सूर्यकुमारले २५ बलमा ४३ र तिलक वर्माले २५ बलमा ३० रन बनाए । अब मुम्बईले अप्रिल १८ मा सनराइजर्स हैदरावादको सामना गर्नेछ ।