१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताका ब्याट्सम्यानको १५ वर्षपछि शतक



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्यो । खेल मुम्बईको वानखेडे स्टेडियममा भएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । मुम्बईले १७.४ ओभरमा ५ विकेट गुमाएर १८६ रनको लक्ष्य पुरा गरेको थियो ।

खेलमा कोलकाता नाइट राइडर्सका लागि वेंकटेश अय्यरले शतक प्रहार गरे । अय्यरले ५१ बलमा १०४ रनको आक्रामक पारी खेले । बाँया हाते ब्याट्सम्यानले आफ्नो पारीमा ९ छक्का र ६ चौका प्रहार गरे । १५ वर्षपछि (५ हजार ४७६ दिन) केकेआरका ब्याट्सम्यानले शतक बनाएका हुन् ।

यसअघि सन् २००८ मा आईपीएलको पहिलो सिजनको पहिलो खेलमा ब्रेन्डन म्याकुलमले अविजित १५८ रनको इनिङ खेलेका थिए । त्यो शतकपछि केकेआरका कुनै पनि ब्याट्सम्यानले १५ सिजनसम्म शतक बनाउन सकेका थिएनन् ।

यसैबीच, मुम्बई इन्डियन्सका युवा बलिङ अलराउन्डर अर्जुन तेन्दुलकरले २ सिजनपछि टोलीमा डेब्यु गर्ने मौका पाएका छन् । अर्जुनले दुई ओभर बलिङ गर्दै १७ रन दिए । अर्जुनलाई हेर्न उनकी बहिनी सारा तेन्दुलकर पनि वानखेडे स्टेडियम पुगेकी थिइन् । अर्जुन चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा हुन् ।