८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 4.63

Humidity: 42

Latest
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड पोप फ्रान्सिसको निधन: भ्याटिकन पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल–२०२३: सिजनको पहिलो भेटमा चेन्नाई र बेंग्लोर, यस्तो छ हेड–टू– हेड



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सोमबार चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्ने छन् ।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ ।

बेंग्लोरले अघिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध जित निकालेको थियो भने चेन्नाईलाई अन्तिम खेलमा राजस्थान रोयल्सले पराजित गरेको थियो।

दिल्लीविरुद्धको जितमा विराट कोहलीले शानदार अर्धशतक प्रहार गरेका थिए । यस्तै, आरसीबीका लागि डेब्यु गरेका विजयकुमार विशाकले पनि तीन विकेट लिएका थिए।

पछिल्लो म्याचमा चेन्नाईका डेभन कोनवेले पनि अर्धशतक बनाएका थिए । राजस्थानविरुद्धको खेलमा चेन्नाईका लागि अर्धशतक बनाउने उनी एकमात्र ब्याट्सम्यान थिए। यद्यपि एमएस धोनीले पनि अन्तिममा क्विकफायर गर्दै ३२ रन बनाए, तर उनी टोलीलाई जिताउन असफल भए ।

चेन्नाई र बेंग्लोरले यस सिजनमा खेलेका चार खेलहरूमा दुईमा जित हात पारेका छन् । चेन्नाई र बेंग्लोर अंक तालिकाको छैठौं र सातौं स्थानमा छन्। दुवै टोली सोमबार एकअर्कासँग भिड्दै शीर्ष पाँचमा पुग्ने लक्ष्य राखेका छन् । यस सिजनमा दुई टोलीबीचको यो पहिलो भेट हो ।

सम्भावित प्लेईङ– ११
रोयल च्यालेन्जर्स बैंगलोर:विराट कोहली, फाफ डु प्लेसिस (कप्तान), महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेट किपर), वेन पारनेल, वानिन्दु हसरंगा, हर्षल पटेल, विशाल विजयकुमार, मोहम्मद सिराज

चेन्नई सुपर किंग्स: डेभोन कोनवे, रुतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायुडु, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान), मिचेल सैन्टनर, महेश थेक्साना, आकाश सिंह, तुषार देशपांडे

हेड–टू– हेड:

चेन्नाई र बेंग्लोरले हालसम्म ३० खेल खेलेकोमा चेन्नाईले १९ खेल जितेको छ ।यस्तै, बेंग्लोरले १० खेल जित्दा एक खेल भने नतिजाविहिन भएको छ ।