२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलको अग्रता जोगाउन नसक्दा वेस्टहामसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । आइतबार साँझ सम्पन्न खेलमा आर्सनलले वेस्टहाम युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

वेस्टहामले घरेलु मैदानमा आर्सनलको २–० को अग्रतालाई उल्टाउँदै बराबरी गर्यो । खेलको सातौं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । १० औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

तर, ३३ औं मिनेटमा सेड बेनराम्हले पेनाल्टीमार्फत गोल गर्दै वेस्टहामलाई १–२ को अवस्थामा ल्याए । आर्सनलका गाब्रियलले डि–बक्सभित्र फउल गरेपछि वेस्टहामले पेनाल्टी पाएको थियो ।

यता ५१ औं मिनेटमा आर्सनलका बुकायो साका पेनाल्टीमा गोल गर्न चुके । त्यसको तीन मिनेटपछि नै अर्थात ५४ औं मिनेटमा जारोर्ड बोएनले गोल गर्दै वेस्टहामलाई हारबाट जोगाए ।

लगातार दुई खेलको बराबरीसँगै आर्सनल ३१ खेलबाट ७४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । म्यान्चेस्टर सिटी ३० खेलबाट ७० अंकका साथ आर्सनललाई पछ्याइरहेको छ । यस्तै, वेस्टहाम ३० खेलबाट ३१ अंकका साथ १५ औं स्थानमा छ ।