• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

संकटाले एपिएफलाई हरायो



काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आईतवार विभागीय टोली एपिएफ संकटा क्लवसँग १–० गोल अन्तरले पराजित भएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा एपिएफले नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध फाइदा उठाउन सकेन । यससँगै एपिएफ फुटबल क्लवले शहीद स्मारक ‘ए ’ डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफमा संकटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो ।

शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलको २८ औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरेका हुन् । एपिएफका विदेशी खेलाडी रक्षक एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । पछि परेको एपिएफले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन ।
यसअघि १३ औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपिएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए ।

४४ औं मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए । ६८ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित हुन पुगे । पहेँलो कार्ड व्यहोरिसकेका एपिएफका दीपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए ।

१० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सिमित बन्यो । रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान बाहिरिन पुगेका थिए । अन्त्यतिर नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध एपिएफले थप फाइदा उठाउन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ । पराजय ब्यहोरेको एपिएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ ।