२१ असार २०८३, आईतवार
,
Latest
धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटाले एपिएफलाई हरायो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आईतवार विभागीय टोली एपिएफ संकटा क्लवसँग १–० गोल अन्तरले पराजित भएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा एपिएफले नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध फाइदा उठाउन सकेन । यससँगै एपिएफ फुटबल क्लवले शहीद स्मारक ‘ए ’ डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफमा संकटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो ।

शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलको २८ औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरेका हुन् । एपिएफका विदेशी खेलाडी रक्षक एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । पछि परेको एपिएफले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन ।
यसअघि १३ औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपिएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए ।

४४ औं मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए । ६८ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित हुन पुगे । पहेँलो कार्ड व्यहोरिसकेका एपिएफका दीपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए ।

१० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सिमित बन्यो । रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान बाहिरिन पुगेका थिए । अन्त्यतिर नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध एपिएफले थप फाइदा उठाउन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ । पराजय ब्यहोरेको एपिएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ ।