४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चिकित्शा शाष्त्रमा स्नातकोत्तरको भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन तोसिमाको माग

चिकित्शा शाष्त्रमा स्नातकोत्तरको भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन तोसिमाको माग
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्शा शाष्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गर्नु भएको हो ।

सरकारले बढि अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उहाँले सरकारलाई सुझाव पनि दिनु भयो ।

सांसद कार्कीले भन्नु भयो, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो । तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन । राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था छ ।’

‘एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो । तर, यहाँ यस पटकको त्रुटीपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढि अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सृजना भएको छ । यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ । नियमावली र ऐनको ममलाई पनि यहाँ मिचिएको छ । तसर्थ, म यो समस्या राख्न मात्रै होइन समाधानका उपाय पनि दिन चाहन्छु । विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ । ऐन र नियमावलीको मर्मलाई समेटछ । र, अदालती आदेशको पनि सम्मान पुग्छ । तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् । र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाईयोस् ।’

सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पार्नु भयो । ‘’