• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस ★   गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा ★   ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’ ★   मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित ★   प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री ★   संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश भट्टराई ★   सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता महत ★   प्रधानमन्त्री ओलीलाई दुईतिहाइ बहुमत प्राप्त ★   रहरले नभई आवश्यकताले संविधान संशोधन: प्रधानमन्त्री ओली ★   बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

निर्देशक मुखर्जीले ‘वार २’ का लागि ३२ करोड पाउने



एजेन्सी । केही दिन अघि यशराज फिल्म्सले फिल्म ‘वार २’को निर्देशनका लागि अयान मुखर्जीलाई अनुबन्ध गरेको खबर आएको थियो । सिद्धार्थ आनन्दको स्थानमा उनलाई लिइएको हो । रिपोर्टका अनुसार उनलाई यो फिल्मका लागि करिब ३२ करोड रुपैयाँ (भारु) दिइएको छ ।

यसैबीच, निदेर्शक तथा निर्माता करण जोहरले भने वार २ मा अयानलाई लिइएकोमा असन्तुष्टि जनाएको खबर पनि बाहिर आएको छ । यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने, अयानले ब्रह्मास्त्रको सिक्वेल बीचमै छोडेर यशराज फिल्म्ससँग हात मिलाएपछि करण दुखी भएका हुन् ।

अयानले यही महिनाबाट फिल्मको प्रि–प्रोडक्सन काम सुरु गर्ने भएका छन् । फिल्मको छायांकन पनि नोभेम्बर २०२३ मा सुरु हुनेछ ।

ऋतिक रोशन स्टारर फिल्म २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुनेछ । वारको पहिलो भाग सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए । वार २ को बजेट करिब दुई सय करोड रहेको बताइएको छ । यशराज स्पाई युनिभर्सको यो छैटौं फिल्म हो ।

यसअघि पठान, वार र टाइगर जिन्दा है जस्ता फिल्महरू यस स्पाइ युनिभर्सको हिस्सा भइसकेका छन् । २०१२ मा सलमान खानको फिल्म एक था टाइगर यस फ्रान्चाइजीको पहिलो फिल्म थियो । आगामी दिनमा सलमान र शाहरुखको फिल्म पठान भर्सेस टाइगर पनि यसमा सामेल हुनेछ ।