३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशक मुखर्जीले ‘वार २’ का लागि ३२ करोड पाउने



अ+ अ-

एजेन्सी । केही दिन अघि यशराज फिल्म्सले फिल्म ‘वार २’को निर्देशनका लागि अयान मुखर्जीलाई अनुबन्ध गरेको खबर आएको थियो । सिद्धार्थ आनन्दको स्थानमा उनलाई लिइएको हो । रिपोर्टका अनुसार उनलाई यो फिल्मका लागि करिब ३२ करोड रुपैयाँ (भारु) दिइएको छ ।

यसैबीच, निदेर्शक तथा निर्माता करण जोहरले भने वार २ मा अयानलाई लिइएकोमा असन्तुष्टि जनाएको खबर पनि बाहिर आएको छ । यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने, अयानले ब्रह्मास्त्रको सिक्वेल बीचमै छोडेर यशराज फिल्म्ससँग हात मिलाएपछि करण दुखी भएका हुन् ।

अयानले यही महिनाबाट फिल्मको प्रि–प्रोडक्सन काम सुरु गर्ने भएका छन् । फिल्मको छायांकन पनि नोभेम्बर २०२३ मा सुरु हुनेछ ।

ऋतिक रोशन स्टारर फिल्म २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुनेछ । वारको पहिलो भाग सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए । वार २ को बजेट करिब दुई सय करोड रहेको बताइएको छ । यशराज स्पाई युनिभर्सको यो छैटौं फिल्म हो ।

यसअघि पठान, वार र टाइगर जिन्दा है जस्ता फिल्महरू यस स्पाइ युनिभर्सको हिस्सा भइसकेका छन् । २०१२ मा सलमान खानको फिल्म एक था टाइगर यस फ्रान्चाइजीको पहिलो फिल्म थियो । आगामी दिनमा सलमान र शाहरुखको फिल्म पठान भर्सेस टाइगर पनि यसमा सामेल हुनेछ ।




भर्खरै