३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था संकटमा परेको हो भने सदनमा आएर जानकारी गराऊ : ठाकुर गैरे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्था संकटमा परेको भनी व्यक्त गर्नुभएको भनाइ सदनमा आएर जानकारी गराउन आग्रह गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले नयाँ वर्षको दिन पार्टी कार्यालयमा प्रधानमन्त्री प्रचण्डले यो व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनी दिनुभएको अभिव्यक्तिप्रति सांसद गैरेले कसले व्यस्था उल्ट्याउन खोजेको हो भनी प्रश्न गर्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भन्नुभयो, “नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा पर्‍यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ? यो सार्वभौम संसद् चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्‍यो सदनलाई जानकारी गराउनुपर्छ ।”

कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो भन्दै उहाँले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने बताउनुभयो ।