४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

व्यवस्था संकटमा परेको हो भने सदनमा आएर जानकारी गराऊ : ठाकुर गैरे

व्यवस्था संकटमा परेको हो भने सदनमा आएर जानकारी गराऊ : ठाकुर गैरे
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्था संकटमा परेको भनी व्यक्त गर्नुभएको भनाइ सदनमा आएर जानकारी गराउन आग्रह गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले नयाँ वर्षको दिन पार्टी कार्यालयमा प्रधानमन्त्री प्रचण्डले यो व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनी दिनुभएको अभिव्यक्तिप्रति सांसद गैरेले कसले व्यस्था उल्ट्याउन खोजेको हो भनी प्रश्न गर्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भन्नुभयो, “नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा पर्‍यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ? यो सार्वभौम संसद् चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्‍यो सदनलाई जानकारी गराउनुपर्छ ।”

कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो भन्दै उहाँले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने बताउनुभयो ।