२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दुई खेल: कोलकत्ता र मुम्बई तथा गुजरात र राजस्थान भिड्दै



अ+ अ-

काठमाडौं ।इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज आईतबार दुई खेलहरु हुदैछ ।

आज हुने पहिलो खेलमा कोलकत्ता नाईटराईडर्स र मुम्बई इन्डियन्सबीचमा प्रतिस्पर्धा हुदैछ । मुम्बईको घरेलु मैदान वांनखडेमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ ।

चार खेल खेलेको कोलकत्ता दुई खेलमा विजयी भएर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । मुम्बईले भने तीन मध्ये एक खेल जितेर तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कोलकत्ता र मुम्बईबीच भएको पछिल्लो पाँच खेलमा कोलकत्ताले तीन र मुम्बई दुई खेलमा विजयी भएको छ ।

यस्तै, आज नै हुने दोस्रो खेलमा गुजरात टाईटन्स र राजस्थान रोयल्स खेल्दै छन् । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ।

गुजरात र राजस्थान दुवैले यस सिजनको पाँचौ खेल खेल्दैछन्। यी दुईमध्ये एक टोलि आज शीर्ष स्थानमा पुग्नेछन् ।

यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भएको छ । जसमा तीनै खेल गुजरातले हात पारेको छ ।