२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका नवनिर्वाचित अध्यक्ष ढकालका ५ प्रतिवद्धता यस्ता छन्



file
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गरेका छन् ।

महासंघको अध्यक्षमा पदबहाली ग्रहण गर्दै चन्द्रप्रसाद ढकालले प्रमुख ५ काम गर्ने प्रतिवद्धता गरेका छन् । अध्यक्ष ढकालले पहिलो काममा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रोमा लगानीको वातावरण बनाउने र तेस्रोमा राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने बताएका छन् ।

यस्तै उनले चौथो काममा दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्न प्रथामिकता दिएका छन् । उनले पाँचौं काममा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने बताएका छन् ।

‘गाँउबाट आएको सानो व्यवसायी पनि महासंघको नेतृत्वमा आउन सक्दो रहेछ । त्यसको उदारण म आफै हो । म आफै पनि सानो व्यवसाय गरेर महासंघको नेतृत्वमा आएको छु । साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ ।’, पदभार ग्रहण गर्दै ढकालले भने, ‘मैले ५ बुँदे प्रतिवतदा पनि घोषण गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु ।’

महासंघका निवार्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ रहने बताए । उनले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने विश्वास व्यक्त गरे ।