४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राजा र शाहरुख खान चम्किँदा पञ्जावले लखनउलाई २ विकेटले हरायो

राजा र शाहरुख खान चम्किँदा पञ्जावले लखनउलाई २ विकेटले हरायो
Shahrukh Khan of Punjab Kings and Sikandar Raza of Punjab Kings during post match interview of match 21 of the Tata Indian Premier League between the Lucknow Super Giants and the Punjab Kings held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow, on the 15th April 2023 Photo by: Prashant Bhoot / SPORTZPICS for IPL
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लिग चरणको रोमाञ्चक खेलमा लखनउ सुपरजायन्ट्सविरुद्ध २ विकेटले जित हात पारेको छ ।

लखनउको एकना स्टेडियममा शनिबार साँझ टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । जवाफमा पञ्जावले १९.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

लखनउका कप्तान केएल राहुलले सुरुदेखि अन्त्यसम्म लामो इनिङ खेले । अर्को तर्फ विकेट झर्दै गयो तर राहुल एक छेउमा अडिग रहे । उनले यो सिजनको पहिलो अर्धशतक ४० बलमा बनाए । राहुलले ७४ रन बनाएर आफ्नो टोलीको स्कोर १५० भन्दा माथि पुर्याएका थिए । यो इनिङ्ससँगै उनले आईपीएलमा ४ हजार रन पूरा गरेका छन् ।

पञ्जाबका कप्तान साम करनले पहिलो इनिङ्समा ३ विकेट लिए भने कागिसो रबाडाले २ विकेट लिएर लखनउलाई ठूलो स्कोर बनाउनबाट रोके । १६० रनको लक्ष्य पछ्याएको पञ्जावले पावरप्लेमा ३ विकेट गुमाएको थियो । ५ नम्बरमा ब्याटिङ गर्न आएका सिकन्दर राजाले पञ्जावको इनिङ्स सम्हालेका थिए । उनले अन्तिमसम्म ब्याटिङ गर्दै आफ्नो अर्धशतक पूरा गरे र टोलीलाई जित दिलाए । उनले ४१ बलमा ५७ रन जोडे ।

कप्तान केएल राहुलले इनिङ्सको १५ औं ओभरमा लेग स्पिनर रवि बिश्नोईलाई पहिलो पटक बलिङ गर्न बोलाए । उनले साम करणपछि सिकन्दर राजालाई पनि पेभिलियन पठाए तर बिश्नोईले खेलमा २.३ ओभर मात्र बलिङ गर्न सके । उनले ४ ओभर बलिङ गरेको भए खेल यति नजिक जाने थिएन ।

शाहरुख खानले पिचमा आउनेबित्तिकै मार्क वुडलाई पहिलो बलमा छक्का प्रहार गरे । उनले १९ औं ओभरमा वुडलाई छक्का प्रहार गरे र अन्तिम ओभरमा ३ बलमा आवश्यक ७ रन बनाए । १० बलमा २३ रन जोड्दै उनी नटआउट रहे ।

साम करणले ३ विकेट लिए भने कागिसो रबाडाले २ विकेट लिए । यस्तै, अर्शदीप सिंह, हरप्रीत ब्रार र सिकन्दर राजाले एक–एक विकेट लिए ।

टस हारेर ब्याटिङ रोजेको लखनउलाई केएल राहुल र काइल मेयर्सले राम्रो सुरुवात गरेका थिए । दुवैले ६ ओभरमा बिना विकेटको क्षतिमा ४९ रन बनाएका थिए । मेयर्स ८ औं ओभरमा २९ रन बनाएर आउट भए । दुवैले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे ।

लखनउका बाँकी ब्याट्सम्यानमा काइल मेयर्सले २९, दीपक हुडाले २, क्रुणाल पाण्ड्याले १८ र मार्कस स्टोइनिसले १५ रन बनाए । कृष्णप्पा गौतम र निकोलस पूरनले खाता खोल्न सकेनन् । आयुष बडोनी ५ र रवि बिश्नोई ३ रन बनाएर नटआउट रहे ।

१६० रनको लक्ष्य पछ्याएको पञ्जाबलाई पहिलो ओभरमै झट्का लागेको थियो । अथर्व तायडे क्याच आउट भए । तेस्रो ओभरमा प्रभसिमरन सिंह (४) र छैटौं ओभरमा म्याथ्यु सर्ट (३६) पनि पेभिलियन फर्किए । टिमले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ४५ रन बनाएको थियो । लखनउका रवि बिश्नोई, मार्क वुड र युधवीर सिंहले ले २–२ विकेट लिए । कृष्णप्पा गौतम र कृणाल पाण्ड्याले १–१ विकेट लिए ।

आजको खेलः मुम्बई इन्डियन्स भर्सेस कोलकाता नाइट राइडर्स, दिउँसो ३ः४५ बजे
गुजरात टाइटन्स भर्सेस राजस्थान रोयल्स। साँझ ७ः४५ बजे

नोटः यसअघि लखनउको ठाउँमा हेडलाईनमा गुजरात भएकोमा सच्चाइएको छ ।