४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दिल्ली लगातार पाँच खेलमा पराजित

दिल्ली लगातार पाँच खेलमा पराजित
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार पाँच खेलमा पराजय बेहोरेको छ । शनिबार साँझ सम्पन्न खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको दिल्ली रोयल च्यालेन्जर्स बैंगलोरसँग २३ रनले पराजित भएको हो ।

बैंगलोरस्थित एम. चिन्नास्वामी रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

जवाफमा दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सके ।

बैंगलोरका लागि विराट कोहली (५० रन)ले अर्धशतक बनाए भने महिपाल लोमरर (२६ रन), ग्लेन म्याक्सवेल (२४ रन) र कप्तान फाफ डु प्लेसिस (२२ रन)ले महत्वपूर्ण पारी खेले । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २–२ विकेट लिए । ललित यादव र अक्षर पटेलले एक–एक विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात राम्रो हुन सकेन । पावरप्लेमा टोलीले ३२ रन बनाएर चार विकेट गुमाएको थियो । यस्तो अवस्थामा मिडल अर्डरमा खेल्न आएका मनिष पाण्डे (५० रन)ले संघर्षपूर्ण अर्धशतकीय इनिङ्स खेल्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि हसरङ्गाले एलबीडब्लू गर्दै उनलाई असफल पारे । अक्षर पटेल (२१ रन)ले पनि प्रभावकारी ब्याटिङ गर्न सकेनन् । कप्तान डेभिड वार्नरले १९ रनमात्र जोडे ।

बैंगलोरका लागि आइपिएलमा डेब्यु गरेका विजयकुमार वैशाकले तीन विकेट लिए । सिराजले दुईवटा सफलता हात पारे । पारनेल, हसरंगा र हर्षल पटेलले समान १–१ विकेट लिए ।